राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : मन्त्री पौडेल

<span class='c1'>राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ</span> <span class='c2'>नगरोस् : मन्त्री पौडेल</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तीलाई आवश्यक तालिमहरु प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले प्रत्यारोपणको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा समेत भएका चिकित्सक, नर्स र डाक्टरहरुलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विकल्प हामीसँग छैन । तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ती उत्पादन गर्ने स्थिति छैन । उपलब्ध चिकित्सकीय जनशक्ती उत्पादनका लागि थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउने काम सक्ने क्षमता वृद्धि गर्न जरुरी छ । प्रत्यारोपणको क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि भएका चिकित्सक, नर्स र डाक्टरहरुलाई क्षमाता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक छ । त्यसकारण मेडिकल काउन्सिलले मानव अंग प्रत्यारोपण केन्द्रलाई फेलोसिप सञ्चालन गर्ने जुन स्विकृति दिएको छ त्यसका लागि काउन्सिललाई धन्यावाद दिन चाहान्छु ।’
मानव अंग प्रत्यारोपण क्षेत्रको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याइ नगर्न उनको आग्रह थियो ।

उनले सम्बन्धीत क्षेत्रका विषेशज्ञता हासिल नगरेकाहरुबाट मानव अंग प्रत्यारोपण क्षेत्रमा काम गर्ने स्थिति नरहने भएका कारण फेलोसिपको भरपुर फाइदा चिकित्सक र प्रत्यारोपण केन्द्रले गर्नुपर्ने बताए । मानव अंग प्रत्यारोपण केन्द्रकै नेतृत्वमा नयाँ जनशक्ति उत्पादनका लागि सातवटै प्रदेशमा फेलोसिपको व्यवस्था गर्ने सरकारको योजना रहेको उनले बताए ।

उनले भने,‘मानव अंग प्रत्यारोपण केन्द्रले फेलोसिपको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याई गर्नु हुदैन । विषेशज्ञता हासिल नगरेकाहरुले यस क्षेत्रमा काम गर्ने स्थिति हुँदैन । यस्ता फेलोसिपको माध्यबाट यस क्षेत्रमा थप जनशक्ति उत्पादन हुने, उपलब्ध जनशक्तिले थप दक्षता हासिल गर्ने र मानव अंग प्रत्यारोपण केन्द्रकै नेतृत्वमा यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने हाम्रो योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्