विराटनगरमा पाँच हजार एकसय थान फूलका बिरुवा नियन्त्रणपछि नष्ट

<span class='c1'>विराटनगरमा पाँच हजार एकसय थान</span> <span class='c2'>फूलका बिरुवा नियन्त्रणपछि नष्ट</span>

विराटनगर । भारतबाट माटोसहित नेपाल भित्र्याइएको पाँच हजार १०० फूलका बिरुवा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । गमलामा माटोसहित भित्र्याइएको बिरुवा क्वारेन्टाइन प्रक्रियामा पुगेपछि सशस्त्रले नियन्त्रणमा लिइएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले ट्रकमा लोड भएर आएको एकलाख ४७ हजार मूल्य बराबरको बिरुवा नियन्त्रणमा लिएको हो । विराटनगर १४ स्थित डायमण्ड नर्सरीले यूपी ६३ एटी ४६७६ नम्बरको ट्रकमा लोड गरेर ल्याएको बिरुवा माटो भरिएको गमलासहित ल्याएको थियो । बिरुवा ल्याउँदा नरिबलको कोकोपिट (नरिबलको बोक्रा तथा काठको धुलो) मा ल्याउनु पर्नेमा गमलाको माटोसहित ल्याएपछि अवैध भएको थियो ।

माटोसहित बिरुवा ल्याउँदा त्यसले किटजन्य जीवजन्तु तथा विभिन्न रोगको संक्रमण फैलन सक्ने भएकोले नष्ट गर्नुपर्ने अवस्था आएको हो । नियन्त्रणमा परेका बिरुवा एरिका प्लामका ७०० थान, रेड क्याकिरा ५००, टिकोम एक हजार, एडेम्म ४००, क्रोटोन १००, एम्सेवर २००, गोल्डेन पाइन २००, फिकस लाराटा ५००, फोक्साइल्ड प्लाम ४००, फिस्टेज प्लाम ४०० थान रहेका छन् ।

नियन्त्रणमा परेका बिरुवालाई नष्ट गरिने भएको छ । नर्सरीले गमलामा ल्याएका बिरुवा आफ्नै उत्पादन बनाएर बिक्री गर्नसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्