विराटनगरका सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

<span class='c1'>विराटनगरका सडक तथा सामुदायिक कुकुरलाई</span> <span class='c2'>रेविजविरुद्धको खोप लगाउन सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो ।

सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिएका छन् ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिलो चरणमा विराटनगर–१९ का मिलन चोक, घिनाघाट, मुसरीटोललगायतका विभिन्न स्थानमा कुकुरलाई नियन्त्रणमा लिएर रेविजविरुद्धको खोप लगाइएको थियो ।

डगनेटमार्फत कुकुरलाई नियन्त्रणमा लिई प्राविधिकहरुले खोप लगाउने गरिएको यादवले जानकारी दिएका छन् । दैनिक ३० देखि ४० वटा सडक तथा सामुदायिक कुकुरलाई खोप लगाउने गरिएको छ । यादवका अनुसार १५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा ६ सय कुकुरलाई खोप लगाउने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्