बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)

<span class='c1'>बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन</span> <span class='c2'>काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)</span>

विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । दशेभरका ४४ मध्ये कोशी प्रदेशका सात उद्योग लाइन कट्ने टार्गेटमा छन् । नागरिकले बुझाउनु पर्ने महसुल उद्योगीले बुझाउनै नपर्ने अडान लिएर बसेका उद्योगहरुले अदालतबाट अन्तरिम आदेश लिएर लाइन कटाउनबाट जोगिएका हुन् ।

नेपाल बिद्युत प्राधिकरण विराटनगर, विराटनगर वितरण केन्द्र प्रमुख सरोजकुमारका अनुसार बाबा जुटको लाइन बिहीबार साँझ काटिएको हो । रघुपतिले अदालतबाट अन्तरिम आदेश लिएका कारण काट्न नमिलेको हो । यसैगरी प्राधिकरण कोशी प्रदेशका प्रमुख उमेशकुमार झाका अनुसार सात उद्योगमध्ये दुईवटाको लाइन काटिएको छ । बाँकीका हकमा भने अदालत अंकुश प्रयोग भएकोले रोकिएको छ ।

बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको थियो । त्यसमध्ये सुनसरी मोरङ करिडोर अन्तर्गत बाबा जुट मिलको लाइन काटिएको छ । अर्को धनकुटाको निगाले सिमेन्टको काटिएको छ । त्यस बाहेक रघुपति जुट मिल, उदयपुर सिमेन्ट, इटहरीको रिलायन्स स्पिनिङ्ग मिल्स, दुहवीको अरिहन्त मल्टीफाइबर र अरिहन्त पोलिप्याक उद्योगले अदालतबाट लाइन तत्काल नकाट्ने अन्तरिम आदेशको अंकुश प्राधिकरण विरुद्ध लगाएका छन् ।

प्राधिकरणले हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटेको छ । जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।

पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक बिहीबारसम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्