ईसेवा र फोनपोइन्टस्बीच सम्झौता

<span class='c1'>ईसेवा र</span> <span class='c2'>फोनपोइन्टस्बीच सम्झौता</span>

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा र फोनपोइन्टस् प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

ईसेवा र फोनपोइन्टस्बीच रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने उक्त सम्झौता भएको हो ।

बुधबार एक कार्यक्रमका बीचमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलकाबीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्नेछ । फोन पोइन्टस्ले ईसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले उत्साह व्यक्त गर्दै भने, ‘हामी फोनपोइन्टस्सँग साझेदारी सुरू गर्न पाउँदा खुशी छौँ र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौँ । हामी फोनपोइन्टस्ले इसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौँ।’

फोनपोइन्टस् र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ । दुवै कम्पनी इनोभेशनलाई बढवा दिन तथा ग्राहकको सन्टुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।

फोनपोइन्टस् एक लोयल्टी पोइन्ट व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायलाई लोयल्टी प्रोग्रामहरूमासँग संलग्न हुने तरिकामा धेरै तरिकाले परिवर्तन गर्ने लक्ष्य राख्छ । इनोभेशनमा ध्यान केन्द्रित गर्दै फोन पोइन्टस्ले सबैका लागि रिवार्ड प्राप्त र प्रयोग​ गर्ने अनुभवमा आयाम् परिवर्तन् ल्याउनेछ​ ।

सन् २००९ मा स्थापना भएको इसेवा प्रा। लि। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त अग्रणी भुक्तानी सेवा प्रदायक संस्था हो । एफवान सफ्ट इन्टरनेशनलसँग आवद्ध रहेको इसेवाले नगदरहित डिजिटल अर्थतन्त्रको प्रवर्धन गर्दै सुविधाजनक र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने सेवा प्रदान गर्दै आएको छ ।

नेपालभरी ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा तथा २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत थप लाखौँ बढीलाई अप्रत्यक्ष रूपमा डिजिटल सेवा प्रदान गर्दै आएको इसेवामा ४ लाख बढी मर्चेन्टको साथमा २५ सय भन्दा बढी सेवाहरू प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्