मोरङ जिल्ला अदालतमा मेलमिलाप प्रक्रियामा बढ्दो आकर्षण

<span class='c1'>मोरङ जिल्ला अदालतमा मेलमिलाप</span> <span class='c2'>प्रक्रियामा बढ्दो आकर्षण</span>

इन्दु साह
विराटनगर। मोरङ जिल्ला अदालतमा देवानी मुद्दाहरूमा मेलमिलाप प्रक्रिया प्रभावकारी बन्दै गएको छ। अदालतले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दा समय र पैसाको बचत हुनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्ध कायम राख्न सहज हुने भएकोले पक्षहरूलाई यस प्रक्रियामा जान प्रोत्साहन गर्दै आएको छ। चालु आर्थिक वर्षमा मेलमिलापका लागि ४ सय ५३ मुद्दा दर्ता भएकोमा २१ वटा मुद्दामा पूणर् रूपमा मेलमिलाप हुन सफल भएको छ।

यसैगरी ३ सय ५८ मुद्दा मेलमिलाप हुन नसकी फिर्ता भएका छन् भने ३ सय ७९ मुद्दा फर्स्यौट भएका छन्। आर्थिक वर्ष २०७९र८० मा १ हजार ८ सय १२ मुद्दा मेलमिलापका लागि दर्ता भएकोमा १ सय ३३ मुद्दामा सफल मेलमिलाप भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७८र७९ मा एक हजार ७८ मुद्दा मेलमिलापतर्फ दर्ता भएका थिए।

मेलमिलाप प्रक्रियाले न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउनुका साथै विवादित पक्षहरूबीच सम्बन्ध कायम राख्न महत्वपूणर् भूमिका खेल्दछ । पछिल्ला वर्षहरूमा नागरिकहरू मेलमिलाप प्रक्रियाप्रति आकर्षित हुँदै गएका छन्। क्रमिक रूपमा बढ्दो मेलमिलाप दर्ता संख्याले नागरिकहरूको यस प्रक्रियाप्रतिको बढ्दो विश्वास र चासोलाई बढ्दै गएको देखिन्छ । यसले अदालतको कार्यबोझ घटाउनुका साथै समाजमा मेलमिलापको संस्कृति विकास गर्न योगदान पुर्‍याउने जिल्ला अदालतका सुचना अधिकारी हेम बहादुर बुढाथोकिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्