रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने

<span class='c1'>रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज</span> <span class='c2'>पनि जारी राख्ने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए ।

नेता झाका अनुसार बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमको स्वरुपबारे निर्णय गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ ।

पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो । उसले आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्