नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री ओली

<span class='c1'>नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको</span> <span class='c2'>बत्ति बाल्छ : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन् ।

विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व धेरै रहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मेलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मेलनमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरुलाई आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरुलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्