कोशी प्रदेशमा स्काउट लिडर तालिम सम्पन्न

<span class='c1'>कोशी प्रदेशमा स्काउट</span> <span class='c2'>लिडर तालिम सम्पन्न</span>

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा विराटनगरमा सञ्चालित ६३ औं व्याय उड्व्याज र ५१ औं गर्ल्स एड्भान्स तालिम सम्पन्न भएको छ। कात्तिक ३ गतेदेखि सुरु भएको तालिम कात्तिक ९ गते विराटनगर महानगरपालिकाकी उप-प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा समापन भएको हो।

श्री सत्यनारायण माध्यमिक विद्यालय, विराटनगर-७ मा सञ्चालित तालिममा महिलातर्फ राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुब्बा र पुरुषतर्फ राष्ट्रिय कार्यकारी समिति सदस्य नवल प्रसाद उपाध्याय कोर्ष लिडर रहेका थिए। तालिममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका ३० जना पुरुष र २३ जना महिला स्काउट लिडरहरुले सहभागिता जनाएका थिए।

प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा भएको समापन समारोहमा विराटनगरका स्थानीय प्रमुख आयुक्त नवीन पहाडीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, प्रदेश कार्यसमिति सदस्य सन्तोष कुमार बस्नेत लगायत विभिन्न पदाधिकारी तथा स्काउट लिडरहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्