विराटनगरका सुन–चाँदी पसलमा धनतेरसको तयारी

<span class='c1'>विराटनगरका सुन–चाँदी पसलमा</span> <span class='c2'>धनतेरसको तयारी</span>

इन्दु साह
विराटनगर । उज्यालोको पर्व तिहारको पहिलो दिन धनतेरसका लागि विराटनगरका सुन–चाँदी व्यवसायीहरुले विभिन्न किसिमका सामाग्री पसलमा सजाउन थालेका छन् । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहारमा सुन–चाँदीका सामान खरिद गर्ने परम्परा भएका कारण व्यापारीहरुले सरसफाईदेखि सजावटका काम सुरु गरिसकेका छन् । यस वर्ष धनतरेस मंगलबार परेको छ । त्यसका लागि
सुन र चाँदीका सिक्का किन्न आउने सर्वसाधारणको स्वागतको तयारी थालिएको हो ।

अहिले विराटनगरको ठाकुरवाडी रोड, जलजला रोडका सुन पसलको बाहिरी परिसरमा साजसज्जा गर्ने काम सुरु भएको छ । यस्तै भित्री परिसरमा धनतरेसका लागि आवश्यक पर्ने सामाग्री मिलाउने काम सुरु गरिएको छ ।
यस वर्षको तिहार र धनतेरसलाई लक्ष्ािँत गर्दै सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन)सहित लक्ष्मी–गणेशका मुर्ति, लक्ष्मीको पाउ, थाली, करुवा, साना भाँडा, टिका थाली जस्ता सामानहरु पसलमा सजाइएको छ । सुनका १० ग्राम र ५ ग्रामका असर्फीदेखि चाँदीका १० र ५ ग्रामका सिक्का पनि आईसकेको व्यापारीहरुले बताएका छन् ।

नेपालमा धनतेरसलाई नै लक्ष्य गरी सिक्का पूजा गर्ने चलन नयाँ होइन । यति मात्रै नभई भारतसहित विश्वमा हिन्दुहरु बसोबास गर्ने देशमा धनतेरसका दिन सुन र चाँदी घरमा भित्र्याउने परम्परा रहेको श्री महालक्ष्मी ज्वेलर्सका सञ्चालक विकास बेगवानी बताउँछन् ।
जलजला रोडमा रहेको महालक्ष्मी ज्वेलर्सले धनतेरसलाई लक्षित गरेर ५ ग्राम, १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का राखेको । यसैगरी सुनका समेत विभिन्न सामाग्रीहरु राखेको बेगवानीले जानकारी दिएका छन् ।

धेरै धन हुनेले सुनका, मध्यम वर्गकाले चाँदीका र सामान्य आय भएकाले तामा र पित्तलका सिक्का÷सामग्री किन्छन् र पूजा गर्छन् बेगवानीका अनुसार अहिले सुन र चाँदीका सिक्कामा लगानी गर्दा चाहेको समयमा बिक्री गर्न सकिन्छ ।
यसैगरी जलजला रोडमै रहेको राठी ज्वेलर्सका सञ्चालक सौरभ राठीले धनतरेसका लागि आवश्यक पर्ने सबै सामाग्री सुलभ मूल्यमा उपलब्ध हुने बताएका छन् । उनले राठी ज्वेलर्सले विगत देखि नै धनतरेसलाई लक्षित गर्दै निर्माण गरेका सामानहरु गुणस्तरीय हुने र ग्राहकले मन पराउँदै आएको बताएका छन् ।

यसैगरी ठाकुरवाडी रोडस्थित गोल्ड सिल्भर मार्टका सञ्चालक जुगलकिशोर राठीले यमपञ्चक मनाउनेहरुले पहिलो दिन धनतेरसमा धातुका सामाग्री खरिद गर्ने परम्परा रहेको बताएका छन् । उनले गोल्ड सिल्भर मार्टले धनतरेसलाई लक्षित गर्दै सुन तथा चाँदीका विभिन्न वस्तुहरु निर्माण गरेको जानकारी दिएका छन् । धनतरेसमा खरिद गरेको सुन तथा चाँदीमा लक्ष्मीको बास हुने भएकोले पनि यसको महत्व विशेष रहेको राठीको भनाई थियो । गोल्ड सिल्भर मार्टमा सुनका सिक्का (असर्फी) विभिन्न सामाग्री र चाँदीका सिक्का, लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन उपलब्ध रहेको जानकारी दिइएको छ ।

मेनरोडमा रहेको यसैगरी बाबा गोल्ड एण्ड सिल्भर हाउसले समेत धनतरेसलाई लक्षित गर्दै सामान भित्र्याएको छ । बाबामा आकर्षक डिजाइनका सामाग्रीहरु किन्नका लागि ग्राहकहरु पुग्नै पर्ने सञ्चालकको भनाई छ ।
पुस्तौंदेखि सुन–चाँदीको कारोबार गर्दै आएको ठाकुरवाडी रोडस्थित मनिष ज्वेलर्सका सञ्चालक एस अग्रवालका अनुसार सुन–चाँदीको मूल्य बढी भयो भनेर धनतरेसमा सामान खरिद नगरी बस्न नहुने बताउँछन् । उनका अनुसार वर्षेनी मूल्य बढ्ने सुन–चाँदी आउँदो वर्ष यो भन्दा अझै मूल्य बढ्न सक्ने संभावना रहेको छ । धनतरेसको मान्यता अनुसार मनिष ज्वेलर्सले विभिन्न सामानहरु आकर्षक डिजाइनका राखेको उनले बताए ।

ठाकुरबाडी रोडकै बिक्की ज्वेलर्सले समेत यस पटकको धनतेरसलाई लक्षित गर्दै सुन–चाँदीका सामान सजाएर राखेको छ । आकर्षक डिजाइनका सामान सुलभ मूल्यमा उपलब्ध रहेको सञ्चालक बिक्की बर्माले बताएका छन् ।
नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष एवं श्री बजरंज ज्वेलर्सका सशीभुषण साहले सरकारले सुन आयातमा १० प्रतिशत भन्सार महशुल बढाएर २० प्रतिशत बनाउँदा यसको असर सेवाग्राहीसम्म परेको बताएका छन् । उनले धनतेरसका लागि विराटनगर व्यापारीहरुले सुन–चाँदीका सामान पसलमा राखेको र ग्राहकको चाहना र क्षमता अनुसारको वजनमा भएकाले सहजै खरिद गर्न सक्ने बताए । उनले कसैले पनि कुनैपनि पसलबाट सामान खरिद गर्दा ठगीनु नपर्ने भएकोले ढुक्कले खरिद गर्नका लागि आग्रह गरेका छन् ।

सुनको बजार मूल्यका आधारमा असर्फीको मूल्य तय हुन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै नेपाल राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ । बजारमा सुनचाँदी पसलमा पनि असर्फी बिक्रीका लागि राखिएको हुन्छ । राष्ट्र बैंक सरकारी निकायले बिक्री गर्ने जस्तै व्यापारीबाट खरिद गर्दा समेत गुणस्तरमा विश्वस्त हुन सकिन्छ ।

यसैगरी चाँदीका सिक्का समेत राष्ट्र बैंकले जस्तै व्यापारीहरुले बनाएर बिक्रीका लागि राखेका छन् । चाँदीका सिक्कालाई मेडालियन भनिन्छ । मेडालियन भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी गरिने सिक्का हो । चाँदीबाट बनाइने सिक्कामा विभिन्न किसिमका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाका चित्र अंकित गरिन्छ । कुन सिक्कामा कुन चित्र अंकित गर्ने भन्ने कुरा बजार मागमा निर्भर हुन्छ । हाल लक्ष्मी, गणेश र लक्ष्मी–गणेशको संयुक्त चित्र भएका चाँदीका सिक्काको माग धेरै रहेको व्यापारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्