सुरक्षित आमा कार्यक्रममा विराट मेडिकलको उल्लेखनीय योगदान

<span class='c1'>सुरक्षित आमा कार्यक्रममा विराट</span> <span class='c2'>मेडिकलको उल्लेखनीय योगदान</span>

विराटनगर । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले सञ्चालित सुरक्षित आमा सुरक्षा कार्यक्रममा मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले उल्लेखनीय योगदान पुर्‍याएको छ। अस्पतालले यस कार्यक्रम अन्तर्गत हालसम्म ५० हजार महिलालाई सफल सेवा प्रदान गरेको जनाएको छ।

नेपाल सरकारको महत्वपूणर् स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट मेडिकलले निःशुल्क प्रसूति सेवा, शैया शुल्क र रु. १००० को सुत्केरी भत्ता प्रदान गर्दै आएको छ। यसका साथै सरकारद्वारा तोकिएका आवश्यक औषधिहरू पनि निःशुल्क उपलब्ध गराइँदै आएको छ।

“हाम्रो प्रसूति विभागमा १० जना वरिष्ठ चिकित्सक र १० जना जुनियर रेजिडेन्टको अनुभवी टोली २४ सै घण्टा सेवामा खटिएका छन्,“ अस्पतालका नेपाल सरकार द्धारा संचालित स्वास्थ्य कार्यक्रमका फोकल पर्सनले भने। उनका अनुसार पूर्वी नेपालको प्रमुख स्वास्थ्य केन्द्रको रूपमा विकसित यस अस्पतालमा पहाडी, हिमाली तथा तराई क्षेत्रका गर्भवती महिलाहरू सेवा लिन आउने गरेका छन्।

अस्पतालको विशेषता बताउँदै उनले भने, “स्थापनाकालदेखि नै हामीले प्रसूति सेवालाई प्राथमिकतामा राखेका छौं। हाम्रो निओनेटल वार्ड र बाल रोग विशेषज्ञको उपलब्धताले जटिल प्रसूति अवस्थामा पनि तत्काल सेवा दिन सक्षम छौं।“

एक जना सेवाग्राही भनिन्,'चिकित्सकहरूको व्यवहार पनि एकदमै राम्रो छ। मैले यहाँबाट पाएको सेवाप्रति पूणर् सन्तुष्ट छु।'

भविष्यको योजना बारे जानकारी दिँदै अस्पताल व्यवस्थापनले प्रसूति वार्डको स्तरोन्नति, थप शैया र अनुभवी जनशक्ति विस्तारको तयारी भइरहेको बताएको छ। सोही अनुरूप प्रसूति विभागको नयाँ भवन निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ।

विराट मेडिकलको यो सफलताले नेपाल सरकारको सुरक्षित आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र मातृ स्वास्थ्य सुधारमा निजी क्षेत्रको महत्वपूणर् भूमिका रहेको देखाएको छ। अस्पतालको यो प्रयासले पूर्वी नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन योगदान पुर्‍याएको स्वास्थ्य विज्ञहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्