विराटनगर महानगरबाट हटाइएका सागर थापालाई प्रदेशमा विभागको जिम्मेवारी

<span class='c1'>विराटनगर महानगरबाट हटाइएका सागर</span> <span class='c2'>थापालाई प्रदेशमा विभागको जिम्मेवारी</span>

विराटनगर । विराटनगर महानगरपालिकाको निर्वाचित पार्टी कमिटीको अध्यक्षबाट हटाइएका सागर थापालाई नेकपा एमाले कोशी प्रदेश शहरी विकास विभागको सचिवको जिम्मेवारी दिइएको छ । स्वार्थको दलदलमा फसेका नेताहरुको कोपभाजनमा परेर कारवाहीमा परेका थापालाई विभागको सचिवको जिम्मेवारीमार्फत सान्तवना दिइएको हो ।

एमाले कोशी प्रदेश कमिटीको गत असोज १० गतेको अन्तरपार्टी निर्देशन अनुसार १७ सदस्यीय विभागको सचिवमा थापाले जिम्मेवारी पाएका हुन् । एक महिनापछि सार्वजनिक गरिएको निर्देशनमा थापाले प्रदेश कमिटीको विभागको सचिवको जिम्मेवारी दिइएको छ ।
थापामाथि विराटनगरस्थित मानगढ खानेपानी संस्थाको चुनावमा पार्टीको तोकेको भन्दा फरक उम्मेदवार खडा गएर प्रचार प्रसारमा समेत संलग्न भएको आरोपमा कारवाही गरिएको थियो । तर, यो विषय निहुँ भएपनि उनीबाट विराटनगरको पार्टी फुत्काउने योजना बनाएकाहरु सफल भएका हुन् । खासमा प्रदेश राजधानीको पार्टी कमिटी थापाकै बलमा केहि दह्रो हुँदै गएपछि उनलाई चलाउन नसकिएलाकी भन्ने भयले कारवाही गरिएको केहि नेताहरुको भनाई छ ।

दुई महिनासम्म महानगर कमिटीको अध्यक्षको पदबाट निलम्बन गरिएपछि भने पुनः जिम्मेवारीमा फर्काइएको छ । थापासहित महानगर कमिटीका उपसचिव नवराज नेपाल र वडा नं. ३ का वडा कमिटी अध्यक्ष समेत रहेका मानगढ खानेपानी संस्थाको अध्यक्षको उम्मेदवार बनेका लालमणि भट्टराईलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट निस्कासन गरेको थियो । पछि तीनैजनालाई समयावधि तोकेर पार्टी सदस्यता पुर्नवहाली गरियो तर बहाल रहेको पदबाट भने मुक्त गरिएको थियो ।

थापालाई २ महिना, नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनाका लागि साधारण सदस्यतासमेत नरहने गरी पदीय जिम्मेवारीबाट निस्कासनमा परेका थिए । एमाले जिल्ला कमिटीका अध्यक्ष बाबुराम कार्कीले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थाको निर्वाचनमा जिल्ला कमिटीले भनेको उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लागेको भन्दै २०८१ जेठ ३१ मा तिनै जनालाई कारवाही गर्ने निर्णय गरेको पत्र थमाएका थिए । त्यसैलाई आधार मानेर प्रदेश कमिटीले समेत थापासहित तीनैजना माथि भएको कारवाही सदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्