कहाँबाट आउँछ विराटनगरमा सयपत्री फूल

<span class='c1'>कहाँबाट आउँछ विराटनगरमा</span> <span class='c2'>सयपत्री फूल</span>

इन्दु साह
विराटनगर । विराटनगरको बजारमा तिहारका दुईसयदेखि चारसय क्विन्टल सयपत्री फूल खपत हुने व्यवसायीहरु बताउँछन् । यो फूल कहाँबाट आउँछ भन्दा उनीहरुले विभिन्न नर्सरी देखाउँछन् । नर्सरीमा फूल फुलाएर बिक्री गर्ने भन्दा बिरुवा नै बढी उत्पादन गर्ने चलन छ । तर, पनि विराटनगरमा सयपत्री नर्सरीबाटै आउने दावी गरिन्छ ।

भारतबाट नेपालमा सयपत्री फूलका माला वा फूल आएको तथ्यांक भन्सारमा छैन । किनकी प्रतिबन्धित सयपत्री आउँदैन । प्लाष्टिकका डोकेरेटिभ पूmलहरु आएपनि बाँकी कुनैपनि फूल आएको तथ्यांक भन्सारमा नहुँदा बजारमा भने प्रशस्त भेटिन्छ । व्यापारीहरूले फूल विराटनगरकै विभिन्न नर्सरीबाट ल्याउने गरेको बताउँछन् तर भारतबाट अवैध बाटोबाट आउने फूलले बजार भरिने गरेको छ ।

विराटनगर १६ दरैयाको बाटोबाट रातको समयमा लुकीछिपी यी फूलहरू दैनिक रूपमा भित्रिने गरेको सीमावर्ती क्षेत्रबा बासिन्दाको भनाई छ । न्यु जयगुरु फ्लावर डेकोरेशन, सरस्वती फ्लावर डेकोरेसन, जयगुरु फ्लावर डेकोरेशन, राधाकृष्ण फ्लावर एण्ड डेकोर, जय मा काली फ्लावर, न्यु कोलकोता फ्लावर एण्ड डेकोर, माँ दुर्गा फ्लावर एण्ड डेकोर लगायतका व्यवसायीहरूले आफ्नै नर्सरीको उत्पादनले तिहारमा पुग्ने बताएका छन्। तर, उनीहरुको नर्सरीमा खासै फूल फुलेको भने पाइदैन । कतिपय व्यवसायीले विराटनगरकै नर्सरीको उत्पादन भएको दाबि गरे पनि कुन नर्सरीको हो भन्ने खुलाउन चाहेनन् । व्यवसायीहरूका अनुसार होलसेल मूल्यमा प्रति माला ७० देखि ८० रुपैयाँमा फूल किन्न पाइन्छ । भने खुद्रा बिक्री मूल्य प्रति माला १५० सम्म पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्