वक्तृत्वकला प्रतियोगितामा विराटनगर जूनियर जेसिजकी अंकिता निराैला प्रथम

<span class='c1'>वक्तृत्वकला प्रतियोगितामा विराटनगर जूनियर</span> <span class='c2'>जेसिजकी अंकिता निराैला प्रथम</span>

विराटनगर । नेपालको पर्यटकीय राजधानी पोखरामा नेपाल जेसिजको आयोजना र लेखनाथ जूनियर जेसिजको आतिथ्यतामा भएको १३औं राष्ट्रिय नेपाल जूनियर जेसिस लिडर्स एकेडेमीमा आयोजित 'संदेश-संदिप' शिर्षको वक्तृत्वकला प्रतियोगितामा विराटनगर जूनियर जेसिजकी सदस्य अंकिता निराैला प्रथम स्थान हासिल गरेकी छिन्।

त्यसैगरी प्रतियोगितामा बेलबारी जूनियर जेसिजका जेसी कृष्ण चौधरी द्वितीय र जेस्सिका विनदी तृतीय स्थान प्राप्त गरेका थिए। कार्यक्रमका निर्णायक ऋषिराम जमरकट्टेल, तारानाथ तिवारी र इश्वरी कुमारी जिसी रहेका थिए।

उक्त प्रतियोगितामा नेपालभरका ३० वटा शाखाहरूको सहभागीता रहेको आयोजकले जनाएको छ। विराटनगर जूनियर जेसिजका वर्तमान अध्यक्ष गौरब कर्णका अनुसार, विराटनगर जूनियर जेसिसले विगत २९ वर्षदेखि राष्ट्रिय स्तरका थुप्रै पुरस्कारहरू प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्