देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : प्रमुख बालेन

<span class='c1'>देश डुबेको हेर्न मन भए सिंहदरबारको</span> <span class='c2'>वैद्यखाना हेर्दा हुन्छ : प्रमुख बालेन</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् ।

उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरु, बाबुनानीहरु तथा अध्यन गर्ने अभियन्ताहरुले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा । यो देशमा के समस्या छ ? यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’
सिंहदरबारमा रहेको वैद्यखानामा औषधी नभइ भवनहरुमा रहेको उनको भनाइ छ ।

त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए । त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे । देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्