मोरङमा दुई जना मृत फेला

<span class='c1'>मोरङमा दुई जना</span> <span class='c2'>मृत फेला</span>

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा बुधबार बिहान अन्दाजी ५० वर्षीय एक पुरुष मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । स्थानीयका अनुसार ती व्यक्ति केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागी खाँदै हिँड्ने गरेका थिए ।

यसैगरी कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा मंगलबार साँझ ५१ वर्षीया शान्ता राई आफ्नै घरभित्र मृत फेला परेकी छिन् । नीरकुमार राईकी पत्नी शान्तालाई साँझ करिब ६ बजे ओछ्यानमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।

दुवै मृतकको शव पोस्टमार्टमका लागि क्रमशः कोशी अस्पताल र मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । दुवै घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्