इशु पन्त
विराटनगर । असजोमा आएको भारी वर्षाका कारण यसपालिको तिहारमा विराटनगरमा सयपत्री फूलको अभाव छ। विराटनगरमा आफैं फूलको व्यवसायी खेति छैन । बाहिरबाट आउनेमध्ये पनि नेपाली उत्पादन कम छ । त्यसमा पनि असोजको पानीका कारण थुङ्गा बिग्रिएर न्याउरो परेका फूल मात्रै बजारमा देखिन्छ ।
काग तिहारको दिन बुधबार रंग उडेका सयपत्रीको गुच्छा मात्र देखिए। १५ वटा थुँगा भएका गुच्छाको ८० देखि १०० रुपैयाँमा बिक्री हुँदै आएका छन्। बेलबारी–५ बाट ७२ वर्षीय विष्णु तामाङले बिहानै साढे आठ बजे आएर ओखर र सयपत्री फूल बेचिरहेको बताइन् । तामाङका अनुसार कतै पनि फूलको माला नभएको कारण आफूले तेह्रथुमको सयपत्री गुच्चा बेचिरहेको बताइन् ।
अर्का व्यापारी रोमन पण्डितका अनुसार बजारमा कतै पनि फूल नपाएर आफूले विराटनगरकै गुद्रीमा एक ठाउँमा मात्र देखें पछि ४० थान माला किनेर बेचिरहेको बताएका छन्। आफूले किनेको पसलमा पनि २०० थान मात्रै सयपत्री माला भएको पण्डित बताउँछन्। उनले सय रुपैयाँ प्रतिगोटा माला बेचिरहेका छन्।
अर्को एक व्यपरि रुकमिनी शाहले धरानबाट सयपत्रीको गुच्छा प्रति घोटा ९० मा बिक्री गरेको बताउँछिन्। भारतबाट आउने फूल समेत यस पटक अवैध बाटोबाट कम आएको बताइन्छ । भन्सार हुँदै माला आएको छैन ।