विराटनगरमा सयपत्री फूलको अभाव, प्रतिबन्धित प्लाष्टिकका फूल छ्याप्छ्याप्ती

<span class='c1'>विराटनगरमा सयपत्री फूलको अभाव,</span> <span class='c2'>प्रतिबन्धित प्लाष्टिकका फूल छ्याप्छ्याप्ती</span>

इशु पन्त
विराटनगर। तिहार नजिकिँदै गर्दा विराटनगरको बजारमा यस वर्ष सयपत्री फूलको अभाव भएपछि प्लाष्टिकका फूलको व्यापार बढेको छ। विगतका वर्षमा सयपत्री फूलले सजिने बजार यसपटक प्लाष्टिकका फूलले रङ्गीचङ्गी बनेको हो।

प्लाष्टिकका फूल प्रतिबन्धित भएपनि बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेको छ। विशेषगरी घर, पसल र मन्दिर समेत प्लास्टिकका फूलले सजिएका छन्। यद्यपि भाइटीकामा प्लाष्टिकको माला लगाउन नमिल्ने भएकाले विराटनगरबासी चिन्तित बनेका छन्।

"अहिले दैनिक १० देखि १५ जनाले प्लाष्टिकका फूल किन्छन्," विराट इलेक्ट्रोनिक एण्ड एप्लिक्यान्सका सञ्चालक सुमित राय भन्छन्, "प्रतिघोट ८० देखि २५० रुपैयाँसम्मका फूल पाइन्छन्।" भन्सारले भारतबाट सयपत्री फूल ल्याउन प्रतिबन्ध लगाए पनि प्लाष्टिकका फूल ल्याउन छुट दिएको उनको गुनासो छ।

त्यसैगरी पाथीभरा पसलका सञ्चालक नवीन रायका अनुसार बजारमा फूलको अभावले मन नलागे पनि प्लाष्टिकका फूल बेच्नु परेको छ। उनको पसलमा मात्रै २०० देखि ३०० प्याकेट कृत्रिम फूल रहेको छ। व्यापारीहरूले देशमै फूल उत्पादन बढाउनुपर्ने वा जीविको पार्जनका लागि प्लाष्टिकका फूल बेच्न दिनुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्