विराटनगरमा झिलिमिली बत्तीको व्यापारमा कमी

<span class='c1'>विराटनगरमा झिलिमिली बत्तीको</span> <span class='c2'>व्यापारमा कमी</span>

इशु पन्त
विराटनगर । उज्यालो र फूलको पर्व मानिने तिहार नजिकिँदै गर्दा विराटनगरमा झिलिमिलि बत्तीको व्यापारमा कमी आएको छ।

माटोको भाँडो, श्रृंगार तथा रङरोगन नयाँ किन्ने चलन भए पनि झिलिमिलि नबिग्रेसम्म पुरानै प्रयोग गर्ने प्रवृत्तिले यसको खपत कम भएको व्यापारीहरू बताउँछन्।

इलेक्ट्रोनिक्स व्यवसायी रुक्मणी पोख्रेलका अनुसार यस वर्ष घर तथा भवन निर्माण कम भएकाले पनि झिलिमिलि बत्तीको माग घटेको छ। १५ देखि २० किसिमका झिलिमिलि बेच्ने गरेको भए पनि यस वर्ष व्यापार निकै सुस्त रहेको उनले बताइन्।

त्यसैगरी ओम शान्ति इन्टरप्राइजका उज्वल अधिकारीले तिहारका लागि सेन्टेड क्यान्डल, झिलिमिलि बत्ती, स्ट्रिप लाइट र रोटेटिङ लाइटलगायत सामग्री बिक्री गर्दै आएको र हालसम्म करिब ७ लाखको बिक्री भएको जानकारी दिए। कस्मेटिक पसल, मिठाई पसल र बाटोमा बिना दर्ता खुद्रा रूपमा झिलिमिलि बेच्दा इलेक्ट्रोनिक्स पसलहरू मर्कामा परेको उनको गुनासो छ।

विशेषज्ञहरूले तिहारमा झिलिमिलि बत्ती जडान गर्दा इलेक्ट्रिसियनको सहयोग लिन सुझाव दिएका छन्। लाइटको भार अनुसार तारको क्षमता नभए आगलागीको जोखिम हुने भएकाले पुराना र मकिएका तारको प्रयोग नगर्न र विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्