विराटनगरमा प्लाष्टिकको दियोको बढ्दो चलन

<span class='c1'>विराटनगरमा प्लाष्टिकको दियोको</span> <span class='c2'>बढ्दो चलन</span>

इशु पन्त
विराटनगर । विराटनगर बजारमा यस वर्ष प्लाष्टिकका दियोको बिक्री र प्रयोग बढेको छ। गत वर्ष सामाजिक सञ्जालमा चर्चामा आएको यो नयाँ प्रविधिको दियो पानी हाल्ने बित्तिकै बल्ने र पानी फ्याँक्दा आफै निभ्ने विशेषताले युक्त छ।

ओम शान्ति इन्टरप्राइजका संचालक उज्वल अधिकारीका अनुसार बजार महँगीको कारण तेलको खपत कम भएकाले ग्राहकहरूले यस दियोलाई रोज्न थालेका छन्। बजारमा भारतीय र नेपाली उत्पादनका दियो ३० देखि ४० रुपैयाँमा पाइन्छन् भने बढी टिकाउ चिनियाँ दियोको मूल्य ६० रुपैयाँ रहेको छ।

तर स्थानीय बासिन्दाहरूको प्रतिक्रिया भने मिश्रित देखिएको छ। स्थानीय लक्ष्मी राजवंशीले परम्परागत तेल र माटोको दियो नै रुचाएको बताउँछिन् भने सावित्रा भेटौलाले यस नयाँ प्रविधि बारे पर्याप्त जानकारी नभएकोले किन्न नचाहेको बताइन्। तर केही ग्राहकहरूले भने नयाँ प्रविधिप्रति उत्सुकता देखाउँदै खरिद गरेका छन्।

पसलहरूमा यस दियोको माग बढेसँगै भण्डारण गरेर राखेको सामान समेत सकिएको व्यवसायीहरू बताउँछन्। यद्यपि, फरक-फरक गुणस्तर र मूल्यका कारण केही ग्राहकहरू भ्रमित भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्