विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
बिहीबार राति ९:५० बजे विराटनगरको पिपल चौकमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको स ६ प ६६४२ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो।
हाल घाइतेहरूको नाम र ठेगाना अझै नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइतेहरूलाई उपचारको लागि विराट नर्सिङ्ग होम लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाकी।