विराटनगरबाट पार्टी प्यालेसका संचालकसहित १० जना जुवाडे पक्राउ

<span class='c1'>विराटनगरबाट पार्टी प्यालेसका संचालकसहित</span> <span class='c2'>१० जना जुवाडे पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित एक पार्टी प्यालेसबाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कात्तिक १६ गते राती १० बजे विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले छापा मार्दा जुवाडेहरुबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र ५ बुक तास बरामद गरेको छ । पक्राउ पर्नेहरुमा संगम पार्टी प्यालेस संचालक वर्ष ५९ का पदम श्रेष्ठ, वर्ष ६१ का राजन कडेल , ४१ वर्षका टुनटुन शर्मा , वर्ष ५७ का पशुपति भगत , वर्ष ४७ का सुरेन्द्र ठाकुर , वर्ष ५० का विरेन्द्र साह, वर्ष ५५ का ध्रुव सिग्देल , वर्ष ५५ का मनिराज प्रसाई , वर्ष ५० का बाबुराम कट्टेल र वर्ष ४६का लिला सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेद प्रकाश जोशीका अनुसार गोप्य सूचनाको आधारमा छापा मारिएको थियो । पक्राउ परेका सबै जना विराटनगर महानगरपालिकाका विभिन्न वडाका स्थायी बासिन्दा हुन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्