बुढीगंगाबाट चोरीका गहना र नगदसहित एक जना पक्राउ

<span class='c1'>बुढीगंगाबाट चोरीका गहना र</span> <span class='c2'>नगदसहित एक जना पक्राउ</span>

विराटनगर । बुढीगंगा गाउँपालिका–२ टंकीसिनुवारीबाट चोरी गरिएका सुनका गहना र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बुढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बुढीगंगा गाउँपालिका–२ का निर्मल बस्नेतको घरबाट बिहीबार राति सुनका गहना र नगद चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जनाकारी दिए।

घरका सबै सुतिरहेका बेला कोठाको दराजभित्र राखिएका डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने आठ आनाको रिङ, एक तोलाको सुनको औंठी एक जोडी, चार आनाको सुनको पेन्डल र ३० हजार रूपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ लाख ८० हजार मूल्य बराबरको चोरी भएको थियो ।

कोठाभित्रबाट चोरीमा संलग्नले प्रयोग गरेको मोबाइल फेला परेको डीएसपी जोशीले बताए । ‘सुनका गहना र नगद छोरी गरेपछि आफ्नो मोबाइल भने त्यही कोठामा छाडेर हिँडेको पाइयो,’ उनले भने, ‘उक्त मोबाइलकै आधारमा चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ प्रवीण खड्का नेतृत्वको टोलीले चोरीमा संलग्न किशोर खड्कालाई पक्राउ गरेको हो । चोरी भएका सुनका गहना र नगद २४ हजार दुई सय रूपैयाँ खड्काको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।

खड्का विरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्