विराटनगरको श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताह हुँदै

<span class='c1'>विराटनगरको श्री श्याम मन्दिरमा</span> <span class='c2'>विशेष भागवत सप्ताह हुँदै</span>

विराटनगर । इस्कोन विराटनगरले मंसिर १ देखि ७ गतेसम्म श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताहको आयोजना गर्ने भएको छ। प्रख्यात भागवत कथा वाचक गोविन्द दासको मुख्य वाचकत्वमा हुने यो कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने छ।

विगत २० वर्षमा विश्वभर ४१५ भन्दा बढी भागवत कथा सम्पन्न गरिसकेका दास थाईलैंड, अमेरिका, क्यानाडा, मेक्सिको, अष्ट्रेलिया लगायत विभिन्न देशहरूमा कथा वाचन गरिसकेका छन्। उनका व्याख्यानहरूमा श्रीमद भागवत, भागवत गीता, रामायण, महाभारत, पुराण र वेदिक शास्त्रहरूको समावेश गरिने र विभिन्न सांगीतिक प्रभावहरूको प्रयोग गरिने छ।

अनलाइन प्लेटफर्महरूमा २५ लाख भन्दा बढी फलोअर्स र १२ करोड भन्दा बढी दर्शक भएका दासले हिन्दी, गुजराती लगायतका विभिन्न भाषाहरूमा व्याख्यान दिने गर्छन्। इस्कोन विराटनगरले यस विशेष अवसरमा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरेको छ। यो कार्यक्रममार्फत समुदायमा श्री कृष्ण चैतन्यको सन्देश फैलाउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्