विराटनगरका लागि इतिहास, पायोनियर प्रेसको मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

<span class='c1'>विराटनगरका लागि इतिहास, पायोनियर प्रेसको</span> <span class='c2'>मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण</span>

विराटनगर । बेलायतमा १४१ वर्ष अगाडी निर्मित मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुरलाई हस्तान्तरण गरिएको छ । विराटनगर–२ स्थित पूर्वमन्त्री स्व.राधाप्रसाद घिमिरेको परिवारले उक्त मुद्रणयन्त्र विश्वविद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

यो १८८३ मा लण्डनमा निर्मित मुद्रणयन्त्र हो । पूर्व मन्त्री राधाकृष्ण घिमिरेले वि.सं. २०१४ सालमा भारतबाट यसलाई विराटनगर ल्याएका थिए । भारतको कोलकाताबाट खरिद गरेर विराटनगर रंगेली रोडमा पायोनियर प्रिन्टिङ्ग प्रेस स्थापना गरिएको थियो । त्यो मुद्रणलाई पूर्वमन्त्री स्व.घिमिरेकी कान्छि बुहारी दुर्गा घिमिरेले मंगलबार एक समारोहकाबीच त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आम सञ्चार विभागका प्रमुख कुन्दन अर्याललाई हस्तान्तरण गरेकी हुन् ।

स्व.नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीको रुपमा घिमिरेले भूमिका निर्वाह गरेका थिए । उनले बि.स.२०१५ सालको आम निर्वाचनका लागि पर्चा, पोष्टर छाप्न मुद्रण खरिद गरेर स्थापना गरेका थिए । लामो समयसम्म यसको उपयोगिता पुष्टि भएपछि त्यतिकै राखिएको थियो ।

तर, विराटनगरमा ६७ वर्ष अगाडी भित्रिएको यो प्रेसले नेपाली पत्रकारिताको इतिहास बुझाउन विद्यार्थीहरुलाई सहज हुने आमसञ्चार विभाग प्रमुख अर्यालले विश्वास व्यक्त गरेका छन् । पत्रकारिताको इतिहास जोड्न सहयोग पुग्ने भएकोले नै यसलाई विभागले अध्ययन सामाग्रीको रुपमा लिएको बताइएको छ ।

मुद्रणयन्त्र हस्तान्तरण समारोहमा प्राध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण पोखरेल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, मावअधिकारीकर्मी सुशिल प्याकुरेल, पत्रकार कनकमणी दीक्षित, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्