विराटनगर । मैथिली भाषाको म्यूजिक भिडियोसहितको छठ गीत सार्वजनिक भएको छ ।
संचारकर्मीहरुको लेखन,निर्देशन तथा लगानीमा निर्माण गरिएको ‘कल जोडि विनती करैछी हे छठि मैया’ बोलको सो गीत मंगलबार बिहान सार्वजनिक गरिएको हो । विराटनगरका पत्रकारहरु नवीन कर्ण,सोनु कुमार दास र हुसैन शेखको संयुक्त सहकार्यमा उक्त गीतको निर्माण गरिएको हो ।
गीतको लेखन तथा निर्माण पत्रकार नवीन कर्णले गरेका छन् । भने निर्देशन,सम्पादन तथा रंग संयोजन हुसैन शेखले गरेका हुन् । यस्तै गीतमा पत्रकार सोनु कुमार दासले अभिनय गरेका छन् । गीतमा विराटनगरकै ईशा यादवले प्रमुख भुमिका निर्वाह गरेकी छिन्। भने अन्य कलाकारहरुमा विनिता कर्ण,पुष्पलता कणर्,माधुरी मनिष कर्ण,नूतन कर्ण र रानी कर्ण रहेका छन् । यस गीतमा ब्रतालु,गृहिणी महिलाहरुले नै प्रमुख भूमिका निर्वाह गरेका छन् ।
गीतमा चर्चित गायिका ज्योति विश्वकर्माले स्वर दिएकी छिन्। भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन । विराटनगरको बिट्ज रेकर्डिङ स्टुडियोमा स्वारांकन गरिएको यस गीतको प्रबिधि संयोजन सुरज श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोको छायांकन सन्तोष रजक र विक्रम साहले गरेका छन् । पछिल्लो समय छठ सहितका धार्मिक गीतहरुमा पनि पाश्चात्य शैलीको संगीत प्रयोग गर्ने क्रम बढिरहेको अवस्थामा छठ गीतको मौलिकता झल्किने संगित र शब्द प्रयोग गरेर म्यूजिक भिडियो निर्माण गरिएको रचनाकार कर्णले बताए ।
उक्त गीत मैथिली अनलाइनको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। कर्णले यसअघि एक दर्जन बढी गीतहरुको लेखन,निर्देशन तथा निर्माण गरिसकेका छन् ।
भिडीयो हेर्नुहोस् :