वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशलाई

<span class='c1'>वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेटको</span> <span class='c2'>उपाधि सुदूरपश्चिम प्रदेशलाई</span>

विराटनगर । साविक विजेता सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुदूरपश्चिम प्रदेशले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि जितेको हो । यस अघि २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सूदुरले लुम्बिनीलाई नै पराजित गरि उपाधि जितेको थियो । उपाधि जितेको सूदुरले नगद २ लाख तथा ट्रफि तथा उपविजेता लुम्बिनीले १ लाख तथा ट्रफि हात पारे ।

टस जितेर ब्याटिङ गरेको गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलब ३ ओभरमा सवै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो । सूदुरका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए। लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो । लुम्बिनीका आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदुरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २-२ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफि हात पारे । प्लेयर अफ द म्याच सुदूरपश्चिम प्रदेशका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्