विराटनगर । मोरङ प्रहरीले विराटनगर र कटहरीबाट दुई दिनमा २० जना तास खेल्नेहरुलाई पक्राउ गरेको छ । बुधबार राती ९ गतेतिर विराटनगर महानगरपालिका ६ भट्टिमोडमा विशाल देवान राईको घरबाट १२ जनालाई नियन्त्रणमा लिइएको हो । बिहीबार साँझ ५ बजे कटहरी २ बाट पुनः ८ जनालाई नियन्त्रणमा लिइएको हो ।
तास गरिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलि र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायव उपरीक्षकको टोलिले छापा हानेको थियो । त्यस क्रममा ५४ हजार ७१० नगदसहित तास बरामद गरिएको थियो ।
पक्राउ पर्नेमा विराटनगर–२ का विमल मण्डल, विराटनगर–६ गंगाराम मण्डल, विराटनगर ११ का राजेश काफ्ले, विराटनगर ६ का मनबहादुर कार्की, भोला सहनि, रबि कुमार महतो, राम कुमार सहनी, शिव कुमार सहनी, शम्भु सहनी, बिशाल सहनी, संजीव सहनी, खोटाङ दिक्तेल मझुवागढी–१४ काभरत कुमार राई छन् ।
यसैगरी बिहीबार साँझ ५ बजे कटहरी गाऊँपालिका २ स्थित प्रभु कुमार साहको घरमा तास खेली रहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायव उपरिक्षक समेतको संयुक्त टोलीले ८ जनासहित एकलाख १९ हजार ५०० बरामद गरेको छ ।
पक्राउ पर्नेमा कटहरी २ सरोज ठाकुर, सुजन साह, सुधीर बोहरा, प्रदिप कुमार साह, नारायण साह, शंकर साह, सञ्जय रौनियार, प्रभु कुमार साह (घरधनी) रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।