विराटनगरको लाइफ गार्ड अस्पतालको फार्मेसीमा छापा, दशलाख बढीकोे खाद्यपूरक सामाग्री र प्रयोग निषेध गरिएको एन्टिबायोटिक बरामद

<span class='c1'>विराटनगरको लाइफ गार्ड अस्पतालको फार्मेसीमा छापा, दशलाख बढीकोे</span> <span class='c2'>खाद्यपूरक सामाग्री र प्रयोग निषेध गरिएको एन्टिबायोटिक बरामद</span>

विराटनगर । विराटनगरमा अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट दशलाख ७५ हजार मूल्य बराबरको खाद्यपूरक सामाग्री बरामद गरिएको छ । विराटनगर–५ स्थित लाईफ गार्ड अस्पतालले सञ्चालन गरेको लाईफ गार्ड अस्पताल फार्मेसीबाट प्रहरीले ९ प्रकारका खाद्य पूरक सामाग्री र एउटा प्रयोग रोक लगाइएको एन्टिबायोटिक बरामद भएको हो ।

विराटनगरका मेडिकल पसलहरुमा बिरामीका लागि खाद्य पूरक सामाग्री राखेर व्यापक व्यापार हुने गरेको छ । यद्यपी यसको नियन्त्रणमा औषधी व्यवस्था विभाग सधैं मौन रहँदै आएको छ । सेवाग्राहीले विभागलाई उजुरी गर्दा कारवाही नहुने देखेपछि प्रहरीलाई खबर गरेर खाद्यपूरक सामाग्री नियन्त्रण गराएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार चिकित्सकमार्फत सिफारिस गराएर फार्मेसी खाद्यपूरक सामाग्रीको व्यापार गरिरहेको गोप्य सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा औषधी व्यवस्था विभाग विराटनगरको प्रतिनिधिलाई समेत उपस्थित गराएर प्रहरीले शुक्रबार छापा हानेको थियो । जसक्रममा दश लाख ७५ हजार मूल्य बराबरको खाद्य पूरक सामाग्री र औषधी व्यवस्था विभागले फिर्ता पठाउनु भनेर सूचना निकालिसकेको एन्टिबायाटिक समेत बरामद भएको हो ।

बरामद भएको सामाग्री औषधी व्यवस्था विभागमार्फत थप अनुसन्धान गर्न पठाइएको प्रहरीले जनाएको छ । विभाग विराटनगरका प्रमुख निकेशराज श्रेष्ठले भने बरामद भएको खाद्य पूरक सामाग्रीसहित अन्य केहि कैफियत समेत भेटिएकोले त्यसको अनुसन्धानपछि कारवाहीको प्रक्रिया अगाडी बढाइने बताए । विभाग विराटनगरका फार्मेसी सुरपवेक्षक एलन खड्काका अनुसार औषधी व्यवस्था विभागले छ महिना भित्रै फिर्ता गरिसक्न निर्देशन दिइएको थियो । यद्यपी त्यो एीन्टबायोटिक बेट्री सिएफ समेत २०० पत्ता बरामद भएको छ । यो एन्टिबायोटिक दर्ता भएपनि यसको प्रयोग रोक्नुपर्ने अवस्थामा पुगेको छ ।

फार्मेसीबाट बेस्ट्रो सिएफ २००, एमजी ट्याब्लेट, फेरिकोम एसटी ट्याब ६९०, अक्सीम्याक्स ट्याब ६९०, क्यू होप ट्याब ५६०, प्रिमियर भिपी ट्याब १००, एक्टेनबीट ट्याब ६००, रेस्भिनो गोल्ड ट्याब १३२०, केरल कल–एचडी ६००, बोन कार्ट ट्याब ३२० र एमसी कार्ट ट्याब ८५०० थान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्