मानव तस्कर आरोपमा पक्राउ परेका मन्त्री अधिकारीलाई काठमाडौं लानुभन्दा अगाडीको दृष्यहरु

<span class='c1'>मानव तस्कर आरोपमा पक्राउ परेका मन्त्री</span> <span class='c2'>अधिकारीलाई काठमाडौं लानुभन्दा अगाडीको दृष्यहरु</span>

विराटनगर । आईतबार बिहानैदेखी कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले विशेष निगरानीमा राखेको थियो ।

मोरङ प्रहरीले जिल्ला र प्रदेशका सादा पोसाकका प्रहरीलाई विहानैदेखी अधिकारीको निवास आसपासमा विशेष निगरानीको लागि अलर्ट गराएको थियो ।

यता मोरङ प्रहरीलाई भने जसरी भएपनि अनुसन्धानको लागि अधिकारीलाई काठमाडौं लानुपर्ने वाध्यता थियो । अधिकारीलाई आइतबार अदालतबाट पक्राउ अनुमति लिनेबितिकै मोरङ प्रहरीले सादा पोसाकका प्रहरी खटाएर नियन्त्रणमा लिने तयारी गर्दै गर्दा मोरङ प्रहरी प्रमुख नारायण चिमरिया स्वयम आफैँ पुगे ।

अधिकारीलाई नियन्त्रणमा लिएपछि काठमाडौं पठाउने जहाजको वेट हुँदासम्म विराटनगर २ निवास मै केहीबेर राखियो । विराटनगर–२ स्थित निवासबाट आईतबार दिउसो पक्राउ पर्ने हल्ला सुन्नसाथ विराटनगरका सञ्चारकर्मीको टोली समेत पुगेका थिए ।

अधिकारीलाई मानव तस्करीको आरोपमा अनुसन्धान गर्नका लागि काठमाण्डौं पठाउनुपरेको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरबाट उनलाई १ः५० लागिने भनिएता पनि काठमान्डौबाट प्लेन ढिलो आएका कारण दिउसो २ :५० मा मात्रै एतिएयर लायन्सबाट काठमाडौंको लागि लगिएको छ ।

उनलाई पुर्याउन मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियासहित जनपथ प्रहरी र अनुसन्धानका सादा पोसाकमा खटिएका प्रहरीहरु विराटनगर विमानस्थल पुगेका थिए ।

उनलाई विराटनगर एयरपोर्टमा झन्डै आधा घण्टा राखेर एति एयरलाईन्सबाट काठमाडौं पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्