विराटनगर । विराटनगरमा 'विराटनगर फुटसल लिग' सुरु भएको छ ।
विराटनगर सिटी फुटबल क्लबको आयोजनामा आइतबारबाट फुटसल लिग सुरु भएको हो ।
फुटबलप्रेमी तथा यसै विषयमा विदेशमा अध्ययन गरेका शुभाशीष कोइराला स्वामित्वको विराटनगर सिटी फुटबल क्लबले आठ हप्तापछि फाइनल खेल हुनेगरी लिग चरणको खेल सुरु गरेको छ ।
विराटनगरमा फुटबलको व्यवसायिक खेल सुरु होस् भन्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरिएको क्लबका कार्यकारी निर्देशक कोइरालाले बताए । उक्त प्रतियोगिता विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा सुरु भएको हो ।
विराटनगर फुटसल लिगको पहिलो चरणमा आइतबार रोमाञ्चक खेलहरू भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विराटनगरका विभिन्न ६ वटा क्लब सहभागी रहेका छन् । बिजेता टिमले ४० हजार रूपैयाँ र उपबिजेता २० हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ ।
आइतबार भएको खेलमा स्टार बोइज एफसीले क्लासिको एफसीलाई ४-२ ले पराजित गरेको थियो । त्यसैगरी एबी ५ एफसीले रियुनाइटेड एफसीलाई ठूलो अन्तरले ७-१ ले पराजित गरेको छ । भने अपटाउन एफसीले विराटनगर स्पोर्ट्स एकेडेमीलाई ३-० ले पराजित गरेको छ ।
खेलको अंक तालिका यस्तो छ
पहिलो चरणको खेलपछि अंक तालिकाको शीर्ष स्थानमा एबी ५ एफसी रहेको छ । उक्त टिमले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरेको थियो । अपटाउन एफसी र स्टार बोइज एफसी पनि समान अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी क्लासिको एफसी, बीआरटी स्पोर्ट्स एकेडेमी र रियुनाइटेड एफसीले भने पहिलो खेल हारेका छन् ।