पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको बारे प्रदेश सभाले निकाल्यो सूचना

<span class='c1'>पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको</span> <span class='c2'>बारे प्रदेश सभाले निकाल्यो सूचना</span>

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएको बारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।

सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख गरेको छ ।

अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्