विराटनगरमा भीभीआईपीको भ्रमणका कारण जनताले भोग्नुपरेको सडक जाम समस्या

<span class='c1'>विराटनगरमा भीभीआईपीको भ्रमणका कारण जनताले</span> <span class='c2'>भोग्नुपरेको सडक जाम समस्या</span>

देवराज तामाङ
विराटनगर । विराटनगरमा खासगरी राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री जस्ता भीभीआईपी व्यक्तिहरूको औपचारिक र अनौपचारिक भ्रमणका क्रममा सुरक्षाका लागि सडक खाली गरिँदा सर्वसाधारण यात्रुहरूले लामो समयसम्म जामको सास्ती भोग्नुपरेको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आएका थिए। ओलीको आगमनसँगै विराटनगरका विभिन्न सडकहरू खाली गरिए।

बिहान ११ बजे विमानस्थलबाट होटल ह्यारिसनसम्म र त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा जाँदा, अनि बेलुका फेरि होटल फर्कँदा सडक खाली गरिएका थिए।

बिहान र बेलुकाको समयमा विराटनगरको सडक प्राय व्यस्त नै हुने गर्छ।

त्यसमा पनि प्रधानमन्त्री ओलीको दुई पटकको आगमनले गर्दा अझै सडक व्यस्त हुन् पुग्यो। ट्राफिक व्यवस्थापनका लागि जडान भएका ट्राफिक लाईटहरु समेत सोमबारदिनभरी नै बन्द गरिएका थिए।

भीभीआईपीको आगमन हुँदा ट्राफिक लाईट नै बन्द गर्नुपर्ने हो ? विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन्। बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३:३० बजेदेखि बेलुका ६ बजेसम्मको समयमा विराटनगरको सडक अत्यधिक व्यस्त हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। भीभीआईपीको भ्रमणका कारण यो समय सीमामा सडक खाली गरिँदा सर्वसाधारण यात्रुहरूले ठूलो समस्या भोग्नुपर्यो।

भीभीआईपीको भ्रमणका क्रममा हुने जाम सर्वसाधारणको टाउको दुखाइ बन्दै आएको छ । ट्राफिक रोकिँदा सर्वसाधारण समस्यामा परेका थिए।

यता विराटनगरको तिनापौनी र दुर्गा चौकमा प्रधानमन्त्री केपी शर्मा ओली होटल ह्यारिसनबाट विराटनगर विमानस्थलतर्फ जाने क्रममा लामो समयसम्म प्रहरीले सडकमा पर्खाएको भन्दै सर्वसाधारणहरुले हर्न बजाएर विरोध समेत गरेका थिए ।

प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र सादा पोसाकका प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्