विराटनगरको वीरेन्द्र सभागृहको सञ्चालनमा निजी क्षेत्रले राखेन्न चासो

<span class='c1'>विराटनगरको वीरेन्द्र सभागृहको सञ्चालनमा</span> <span class='c2'>निजी क्षेत्रले राखेन्न चासो</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले वीरेन्द्र सभागृह र ईको पार्कसहित निजी क्षेत्रमार्फत ठेक्का लगाउन आह्वान गरेको बोलपत्र कसैले पनि खरिद गरेनन् । ईच्छुक निजी फर्ममार्फत सञ्चालन गर्ने तयारी गरेर असोज २० गते बोलपत्र आह्वान गरिएको थियो । जसमा एउटा पनि फारम बिक्री हुन नसकेको हो ।

पुनः दोस्रो पटक महानगरपालिकाले कात्तिक २६ गते १५ दिनको सूचना निकालेको छ । जसमा महानगरपालिकाले प्रवलीकरण भएको सुविधासम्पन्न वीरेन्द्र सभागृह र यससँगै रहेको ईको पार्क समेत सञ्चालन गर्नका लागि तीन करोड रकम तोकेको छ । पाँच वर्षमा १८२५ दिनसम्म सञ्चालन गर्न पाउने गरि आह्वान गरिएको सूचनामा समेत निजी क्षेत्र ईच्छुक नदेखिएका हुन् ।

भ्याट तथा कर बाहेक वार्षिक ६० लाख रुपैयाँ आम्दानी हुने गरि महानगरपालिकाले आह्वान गरेको सूचनामा कोहिपनि ईच्छुक नदेखिनुमा रकम बढी भएको हुनसक्ने बुझाई समेत रहेको छ । तर, विराटनगर–७ को केन्द्र मानिएको सभागृहको ईकोपार्कसहित भएकोले थप अवसर समेत रहेको बताइन्छ । महानगरपालिकाले वार्षिक १२५ कार्यक्रम हुनसक्ने आंकलन गरेर प्रति कार्यक्रम १ लाख २५ हजार रुपैयाँ लिनसक्ने अनुमान गरेको छ । सभागृह ठेक्का लिदाँ सार्वजानिक र राजनीतिक कार्यक्रमसहित सामाजिक संस्कार अन्तर्गत विवाह, व्रतबन्ध जस्ता कार्यक्रम समेत गर्न दिइनेछ । ईको पार्क क्षेत्रलाई हस्पिटल क्षेत्रका सवारी पार्किङ जोन बनाउने लक्ष्य राखिएको छ । यसको शुल्क सभागृह सञ्चालन गर्नेले नै तोक्न पाउनेछन् । त्यस बाहेक ईको पार्कमा थप व्यवसाय सञ्चालन गर्न पाउने समेत सुविधा रहने छ । जस्तै होटल तथा रेष्टरेन्ट वा अन्य कुनै पनि किसिमको व्यवसाय समेत सञ्चालन गर्न पाउने गरि दिइने छ । तर, संरचना निर्माण गर्दा महानगरपालिकासँग अनुमति लिनुपर्ने हुन्छ ।

महानगरपालिका राजश्व महाशाखा प्रमुख सरोज गौतमले पहिलो बोलपत्र आह्वान गर्दा कुनैपनि फम नगएकोले दोस्रो सूचना आह्वान गरिएको जानकारी दिएका छन् । उनले अहिलेको व्यवसायिक मन्दीका कारण पनि ईच्छकु नदेखिएको हुनसक्ने बताए । अर्को चाँहि चाडपर्वको समयमा कसैले चासो नराखेको हुनसक्ने बुझाई छ । तर, फम लिन गएकाहरुले समेत पैसा बढी भएको प्रतिक्रिया दिएर फर्कने गरेका छन् । फम खरिद गर्दा पाँच हजार शुल्क तोकिएको छ ।
कर बाहेक तीन करोड रुपैयाँ तोकिएको छ। ठेक्का अवधि आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ सम्म रहने छ । वीरेन्द्र सभागृहमा विभिन्न सेवा सुविधाहरू थप गरी आकर्षक बनाइएको छ। बाहिरी फराकिलो क्षेत्र भएकोले विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गर्न समेत सहज भएको छ । त्यस बाहेक ईको पार्क क्षेत्रमा हस्पिटको पार्किङ जोन बनाइने हुँदा त्यस भित्रै विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने संभावना समेत रहेको छ । यदि कसैले प्रशस्त पार्किङसहितको सुविधायुक्त क्षेत्रको सदुपयोग गर्ने योजना बनाउन सक्दा वार्षिक ६० लाख रुपैँया सहजै रकम भएको दावी महानगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्