विराटनगर । उद्योगले उत्पादन गर्ने पानीमा होटल तथा सिनेमा घरले तोकेको मूल्य राखेर बजारमा पठाएको आरोपमा विराटनगर–१ स्थित गंगा जल पेय उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मंगलबार उद्योगको अनुगमन गर्दा सिनेमाघर, होटल तथा अन्य विभिन्न निकायको नाममा उत्पादित पानी प्याकेजिङ गरेर अधिक मूल्य राखेको पाइएपछि जरिवाना गरिएको हो ।
यहि उद्योगले उत्पादन गरेको पानीको जारमा गुट्काको खोल भेटिपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ । तर, उपभोक्ताले उद्योगले उत्पादन गरेको पानी सिनेमा घरमा खरिद गर्दा ५० रुपैयाँ शुल्क बुझाउनु परेको भन्दै विभागमा उजुरी दिएपछि मंगलबार संयुक्त अनुगमन समितिको टोली पुगेको थियो ।
त्यस क्रममा होटलका ¥यापर लगाएर ३५, ४० र सिमेना घरको ¥यापरमा ५० रुपैँया मूल्य राखेको पाइएको थियो । उद्योगले उत्पादन गर्ने पानीको मूल्य अन्य निकायले तोक्न पाउँदैनन् । उद्योगले आफ्नो पानीको मूल्य तोकेर उपभोक्तामा पठाउनु पर्ने हुन्छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका निमित्त प्रमुख हितेश बस्नेतले अनुगमनमा मनपरी मूल्य राखेको पाइएपछि तत्काल तीनलाख जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए । उनले उद्योगले जरिवाना पुनरावलोकन गर्ने निवेदन सातदिन भित्र दिनसक्नेछन् । यो उद्योगका संचालक अकिंत मारु हुन् । निमित्त प्रमुख बस्नेतले उद्योगले उत्पादन गर्ने पानीको मूल्य होटल वा अन्य निकायले तोक्न पाउँदैनन् । उपभोक्ता संरक्षण हित विपरित कार्य गरेको पाइएपछि जरिवाना तोकिएको हो ।