विराटनगरमा महाकवि देवकोटाको ११६ औं जन्मजयन्ती मनाइयो

<span class='c1'>विराटनगरमा महाकवि देवकोटाको ११६</span> <span class='c2'>औं जन्मजयन्ती मनाइयो</span>

विराटनगर । नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती २०८१ कात्तिक २७ गते मंगलबार विराटनगरस्थित देवकोटा चौकमा मनाइएको छ।

विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एकदर्जन भन्दा बढी कविहरूबाट कविता वाचन गरिएको थिए ।

कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलले अध्यक्षता गरेका थिए । भने प्राज्ञ बिवश पोखरेल प्रमुख अतिथि र प्राज्ञ खेम नेपाली विशिष्ट अतिथि थिए। साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल , डा देवी पन्थी,भक्ति दाहाल, भवानी प्रसाद पोखरेल, भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ ,शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक,प्रमोद ढकाल , निर्मला कोइराला ,प्रिन्स प्रमोद ,सविना श्रेष्ठ,अम्विका खरेल, उप्रेती, भैरव क्षेत्री लक्ष्मण यादव ,कर्ण संजय , मन्जु गिरी, मिन कुमार नवोदित लगायतका थुप्रै साहित्यकार , संस्कृतिकर्मी , पत्रकार लगायतको कार्यक्रममा उपस्थिति थियो । अतिथि वक्ताहरूले देवकोटाको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए। संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै महाकवि देवकोटा प्रति श्रद्धाभाव अर्पण गरे । छन्द वाटिका संस्थाका सचिव चिरञ्जीवी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए । छन्दवाटिका नेपालले प्रत्येक वर्ष कात्तिक २७ गते महाकवि देवकोटाको जन्मजयन्ती विविध कार्यक्रमहरू गरी मनाउँदै आएको छ। देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्