पशुलाई ट्रकमा कोचेर निर्दयी व्यवहार गरेको आरोपमा विराटनगर र सुनसरीका चारजना कपिलवस्तुमा पक्राउ

<span class='c1'>पशुलाई ट्रकमा कोचेर निर्दयी व्यवहार गरेको आरोपमा</span> <span class='c2'>विराटनगर र सुनसरीका चारजना कपिलवस्तुमा पक्राउ</span>

विराटनगर । पशुलाई ट्रकमा कोचेर निर्दयी तरिकाले ओसारपसार गरेको आरोपमा विराटनगर र सुनसरीका चारजना कपिलवस्तुमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ र २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नहरचोकका ५५ वर्षीय इसाद आलम र २७ वर्षीय समिम आलम पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा .प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले कोचेर ओसारपसार गरिरहेको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

उनीहरुले २४ वटा गोरुलाई नथी लगाएर मुन्टो ठाडो पारी बाँधेको र पुच्छर समेत बाँधेर ओसारपसार गरेको आरोप छ । कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टका अनुसार अत्यन्तै दुःख र कष्ट दिएरु पशु ओसारपसार भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनका अनुसार २ वटा गोरुको सिंङबाट रगत समेत आएको थियो । त्रिपालले पुरै ट्रक छोपेकाले गोरुलाई झन् धेरै दुःख भएको देखिएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्