विराटनगरको ईस्टर्न कलेज: इन्जिनियरिङ शिक्षाको उत्कृष्ट केन्द्र

<span class='c1'>विराटनगरको ईस्टर्न कलेज: इन्जिनियरिङ</span> <span class='c2'>शिक्षाको उत्कृष्ट केन्द्र</span>

विराटनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ईस्टर्न कलेज अफ इन्जिनियरिङले २४ वर्षदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त र नेपाल इन्जिनियरिङ परिषदबाट मान्यता प्राप्त यस कलेजले सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङमा स्नातक तहको पठनपाठन गराउँदै आएको छ।कलेजका प्राचार्य ई.अमित सुरानाका अनुसार यहाँबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा उच्च शिक्षा र व्यवसायिक कार्यमा सफलता हासिल गरेका छन्। विद्यार्थीहरूलाई बजारको माग अनुरूप ई-ट्याब्स, अटोक्याड, ल्याण्ड डेभलपमेन्ट जस्ता तालिमहरू प्रदान गरिनुका साथै विभिन्न विश्वविद्यालय र क्षेत्रका विज्ञहरूसँगको समन्वयमा नवीनतम प्रविधिको ज्ञान दिइने गरिएको छ।कलेजले नियमित रूपमा सर्वे क्याम्प, भूगर्भीय स्थल भ्रमण, जलविद्युत आयोजना र औद्योगिक भ्रमण गराउँदै आएको छ। विभिन्न इन्जिनियरिङ कलेजहरूसँग शैक्षिक तथा प्राविधिक विकासका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राचार्य सुरानाले अनुभवी शिक्षक र सुविधा सम्पन्न प्रयोगशालाहरू भएकोले विद्यार्थी निश्चिन्त भएर अध्ययन गर्न सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्