विराटनगरका बिकेन थापा एशियन टेबल टेनिस युनियनको पारा कमिटीमा चयन

<span class='c1'>विराटनगरका बिकेन थापा एशियन टेबल</span> <span class='c2'>टेनिस युनियनको पारा कमिटीमा चयन</span>

विराटनगर । विराटनगर निवासी बिकेन थापा एशियन टेबल टेनिस युनियन (एटीटीयु) को पारा कमिटीमा सन् २०२४-२०२८ का लागि सदस्य पदमा चयन भएका छन्। इरानकी सीमा लिमोची सो कमिटीकी सह-अध्यक्षमा मनोनीत भएकी छिन्।

नेपालका पहिलो पारा टेबल टेनिस प्रशिक्षक थापाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। उनले सन् २०१६ देखि २०१९ सम्म आइटीटीएफ, संयुक्त राष्ट्रसंघ र कोरियाली सरकारको संयुक्त परियोजना 'टेबल टेनिस फर नेपाल' मा तत्कालीन प्रदेश नं १ (हाल कोशी प्रदेश) को प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

थापाले सन् २०१९ मा भुटानमा पारा प्राविधिक क्लासिफायर कोर्ष पूरा गरेका छन्। साथै उनले विभिन्न अन्तर्राष्ट्रिय विज्ञहरूसँग पारा कोचिङ तालिम लिएका छन्। यी तालिमहरूमा जोर्डनका मोहम्मद अटोम (२०११), अमेरिकी क्रिश्चियन लिलीरुस (२०१५) र अर्जेन्टिनाकी एलेजान्द्रा गाबाग्लियो (२०२२) सँग एड्भान्स्ड पारा कोचिङ कोर्ष समावेश छन्।

थापाका प्रशिक्षार्थीहरू बिबेक राई र स्वीकृत न्यौपाने क्रमशः हालका राष्ट्रिय पारा मेन्स सिङ्गल्स विजेता र उपविजेता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्