एनपीएलका लागि विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध

<span class='c1'>एनपीएलका लागि विराटनगर किङ्समा</span> <span class='c2'>इस्मत आलम अनुबन्ध</span>

काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् ।

आलमले सामाजिक सञ्जालमार्फत आफु एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् ।

विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ । विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् ।

यस्तै आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्