विराटनगर महानगरका स्वास्थ्यकर्मीहरुलाई बाल स्वास्थ्य विशेष आधारभूत तालिम

<span class='c1'>विराटनगर महानगरका स्वास्थ्यकर्मीहरुलाई बाल</span> <span class='c2'>स्वास्थ्य विशेष आधारभूत तालिम</span>

विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बाल स्वास्थ्य विशेष आधारभूत तालिम सुरु भएको छ ।

तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई बालबालिकाको स्वास्थ्य उपचारमा लगाउन आग्रह गर्नुभयो । उहाँले बाल स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले बालबालिकामा लागेको रोगको पहिचान गरी रेफर गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, अनुरागसिंह कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्