कमला नदीमा भूत मेला

<span class='c1'>कमला नदीमा</span> <span class='c2'>भूत मेला</span>

काठमाडौं । परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ ।

धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

कात्तिक पूर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात भूत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देवमेलासँगै भूत मेला पनि भन्ने चलन छ । सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।

यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्