विराटनगरका विद्यालयमा चाडपर्वपछि फर्किएनन् विद्यार्थी

<span class='c1'>विराटनगरका विद्यालयमा चाडपर्वपछि</span> <span class='c2'>फर्किएनन् विद्यार्थी</span>

इन्दु साह
विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून छ। चाडपर्वका लागि घर गएका विद्यार्थीहरू समयमा फर्किन नसक्दा विद्यालयमा ६० देखि ७० प्रतिशतसम्म विद्यार्थीको उपस्थितिमा कमि आएको प्राचार्यहरु बताउँछन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ। हाजिरी नपुगेका विद्यार्थीले परीक्षामा सहभागी हुन नपाउने नियम छ।

तर, विद्यार्थीहरू नियमित रूपमा विद्यालय नआउँदा परीक्षामा सहभागी हुन नपाउने हुन् कि भन्ने चिन्तामा प्रशासन छ । यस्तो अवस्थामा यस अगाडी आउँदा अभिभावकहरूले विद्यालय प्राचार्यसँग विशेष आग्रह गरेर परीक्षामा सामेल गराउन अनुरोध गर्दै आएका छन् । विराटनगर–२ स्थित जनता नमूना माविका प्राचार्य ईश्वर प्रसाद घिमिरेका अनुसार विद्यार्थी अनुपस्थित हुँदा अभिभावकलाई फोन सम्पर्क गरिन्छ। अभिभावकहरूले विद्यार्थी मावली गएको, धान काट्न गएको लगायत विभिन्न कारण देखाउने गरेका छन्, उनले भने।

विराटनगर–४ स्थित गोग्राहा माविका प्राचार्य टंक प्रसाद सिटौलाले सिराहा र सप्तरी लगायतका विद्यार्थीहरू चाडपर्व सकिएपछि पनि विद्यालय नफर्किएको बताए। अझ कतिपय विद्यार्थीहरू छाक टार्नकै लागि कृषि मजदुरीमा जाने गरेका छन् । घरकै धान भित्र्याउने समय, त्यसमा पनि गाउँघरमा धान काट्दा पैसा पाउने भएपनि विद्यार्थीहरु काममा लाग्ने गरेका हुन् । जसले पढाई भने प्रभावित भईरहेको छ ।

अभिभावकमा गरिबी र चेतनाकोस्तर कम हुँदा शिक्षाको महत्व नबुझेको देखिन्छ। यस्तो अवस्थामा अभिभावक सचेत भई विद्यार्थीलाई नियमित विद्यालय पठाउनु पर्ने हो । कतिपय विद्यार्थी त मोवाईलमा सोसल मिडिया, गेम्स् खेलेर बस्ने विद्यालय नआउने प्राचार्यहरुको भनाई छ । यदि विद्यार्थीको अनुपस्थिति यस्तै भईरहे उनीहरुको पढाईमा ठुलो धक्का पुग्ने बताउछन् । विद्यालयमा कम उपस्थिति पनि विद्यार्थीको परीक्षा नतिजा कमजोर हुनुको कारण हुन्छ । यसको लागि महानगरपालिकाले अभिभावकहरुलाई चेतना अभिमुखीकरण गर्नुपर्ने आवश्यकता समेत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्