डिजेल र मट्टितेलको मूल्य बढ्यो

<span class='c1'>डिजेल र मट्टितेलको</span> <span class='c2'>मूल्य बढ्यो</span>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको मूल्य बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ ।

शुक्रबार साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्‌ राखेको छ ।

अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्