विराटनगरका प्रशिक्षक रिजालको नेतृत्वमा नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलोपटक विश्वकप छनोट

<span class='c1'>विराटनगरका प्रशिक्षक रिजालको नेतृत्वमा नेपाली यू-१९</span> <span class='c2'>महिला क्रिकेट टोली पहिलोपटक विश्वकप छनोट</span>

विराटनगर । यू–१९ नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

महिला यु-१९ को मुख्य प्रशिक्षकको रुपमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल रहेका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले २०८१ भदौ ११ गते रिजाललाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। रिजालको मुख्य प्रशिक्षणमा महिला टि-२० विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यीय टोलीको घोषणा गरिएको थियो । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्