विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङको १ नम्बर इकाईले पुस्तक हस्तान्तरण गरेको छ ।
थुनुवालाई पठनपाठनका लागि दुई सय २९ थान पुस्तक हस्तान्तरण गरेको हो ।
पुस्तकको मूल्य ७० हजार रूपैयाँ बराबर रहेको छ । महासंघका जिल्ला अध्यक्ष दिनेश पन्त र इकाई अध्यक्ष सुशील घिमिरेले मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियालाई पुस्तक हस्तान्तरण गरेका हुन् ।