बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ओली

<span class='c1'>बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग</span> <span class='c2'>गरियो : प्रधानमन्त्री ओली</span>

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग भइरहेको बताएका छन् ।

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारण सभा तथा स्वर्ण जयंती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिलकुल फरक हो । सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो । वैरभाव पलायो भने बुद्धिजम छैन । बुद्धिजममा धेरै राम्रा गुण छन् । यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन ।’

साथै राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने उनको भनाइ थियो । उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए । उनले धर्मका नाममा विभाजन नहुनुपर्ने बताए । धर्म विभाजनका लागि नभइ, धर्म एकता र समझदारीको लागि भएको बताए ।

ओलीले पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवद्र्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुुबहादुर बज्राचार्यलाई सम्मानित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्