पत्रकार नवीन कर्णसहित सात जना ‘मिथिला गौरव सम्मान’बाट सम्मानित

<span class='c1'>पत्रकार नवीन कर्णसहित सात जना</span> <span class='c2'>‘मिथिला गौरव सम्मान’बाट सम्मानित</span>

विराटनगर । विराटनगरका सक्रिय पत्रकार एवम् मैथिली अभियन्ता नवीन कर्ण ‘मिथिला गौरव सम्मान २०२४’ बाट भारतमा सम्मानित भएका छन् ।

भारत बिहार राज्यको मधुबनी जिल्लास्थित मिथिलांचल सर्वांगिण विकास संस्थानले कर्णलाई मिथिला गौरव सम्मानबाट सम्मानित गरेको हो ।

मधुबनी जिल्लाको बेनीपट्टीमा आयोजित ४० औं ‘मिथिला बिभूति स्मृति पर्व समारोह’का बिच कर्णलाई सो सम्मानबाट अलंकृत गरिएको हो । कार्यक्रमकाबिच आयोजक संस्थाका अध्यक्ष अमरनाथ झा सहित आमन्त्रित बिहार सरकारका उच्च पदस्थ कर्मचारी तथा जनप्रतिनिधिले कर्णलाई मानपत्र,दोसल्ला र नगद सहित सो सम्मान प्रदान गर्नुभयो । पत्रकारिताका साथसाथै मिथिला संस्कृति र मैथिली भाषाको क्षेत्रमा २०४७ सालयता निरन्तर अभियान चलाउँदै आएका कर्णको योगदानको कदरगर्दै मिथिला गौरव सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष झा ले बताउनुभयो । कर्णले २०६८ सालयता टेलिभिजन पत्रकारिताका साथै रेडियो,सिनेमा,गीत–संगीत,पत्रपत्रिका तथा अनलाइन संचारमाध्यमबाट मैथिली भाषा–संस्कृतिको प्रर्बधन गर्दै आएका छन । आयोजक संस्थाले यसबर्ष कर्णसहित ७ जनालाई सो सम्मान प्रदान गरेकोमा ६ जना भारतीय मिथिला क्षेत्रका छन् । उक्त सम्मानबाट सम्मानित अन्य ब्यक्तीत्वहरुमा साहित्यकार शंकर मधुपांश,साहित्यकार दिपा मिश्र,सुप्रसिद्ध नृत्यांगना रागसुधा बिंजामुरी,साहित्यकार तथा मैथिली भाषाका प्राध्यापक डा.सुरेश पासवान,साहित्यकार तथा शिक्षासेवी मनोज कामत र भारतीय पत्रकार रंजीत कुमार झा रहेका छन् ।

सोहि कार्यक्रमकाबिच सुप्रसिद्ध गीतकार स्वर्गिय कपिलदेव ठाकुर ‘स्नेहलता’ लाई मरणोपरान्त मिथिला अमृत महारत्न सम्मान प्रदान गरिएको छ भने साहित्यकार डा.रंगनाथ ‘दिवाकर’लाई मिथिला कालिदास साहित्य रत्न सम्मान प्रदान गरिएको छ । यस्तै मिथिला क्षेत्रकी चर्चित गायिका,संचारकर्मी एवं कवियित्री रुपा झा लाई मिथिला शिखर सम्मान प्रदान गरिएको छ । सोहि सम्मानबाट कवि शंभू शिखर,डा.नरेश कुमार ‘विकल’ र साहित्यकार दीपनारायण विद्यार्थीलाई समेत सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्