महिला जागृति तथा वृद्धा आश्रम भवन उद्घाटन

<span class='c1'>महिला जागृति तथा वृद्धा</span> <span class='c2'>आश्रम भवन उद्घाटन</span>

विराटनगर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बुढीगंगा गाउँपालिकामा निर्माण भएको महिला जागृति तथा वृद्धा आश्रमको भवन उद्घाटन गरेका छन् । करिब ६५ लाख रुपैयाँको लागतमा विभिन्न दाताहरुको सहयोगमा निर्माण गरिएको भवन मोरङका असहाय तथा एकल महिलाहरुको बसोबासका लागि प्रयोग गरिने छ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मुलुकलाई समृद्ध बनाउन सबै एकजुट भएर काम गर्नुपर्ने बताए। उनले वर्तमान सरकारले राजनीतिक स्थिरता र जनजीवनलाई सहज बनाउन विभिन्न प्रयास गरिरहेको समेत उल्लेख गरे।

आश्रमका संरक्षक रेवतबहादुर कार्कीका अनुसार यस भवनमा दुःख पाएका र एकल महिलाहरुलाई आश्रय दिइने छ। कार्यक्रमपश्चात उपप्रधानमन्त्री सिंहले विराटनगर महानगरपालिका-१९ मा वृक्षरोपण कार्यक्रममा समेत सहभागी भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्