ट्राफिक लाइटको नियम पालना गर्ने कि खाल्डोमा हेर्ने ?

<span class='c1'>ट्राफिक लाइटको नियम पालना गर्ने</span> <span class='c2'>कि खाल्डोमा हेर्ने ?</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा जडान गरिएका नयाँ ट्राफिक लाइटहरूको प्रभावकारिता सडकको खराब अवस्थाका कारण चुनौतिपूर्ण बन्दै गएको छ। महानगरका विभिन्न स्थानमा जडान गरिएका ६ वटा ट्राफिक लाइटले सवारी व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिए पनि सडकका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको सवारी चालकहरूले बताएका छन्।

"माथि ट्राफिक लाइट हेर्दा तल खाल्डामा पर्ने डर हुन्छ," ४० वर्षीय सवारी चालक अशोक खड्काका अनुसार सडक मर्मत र ट्राफिक व्यवस्थापन दुवै एकैसाथ हुनुपर्ने आवश्यकता छ।

तिनपैनी चौकमा समेत हालै ट्राफिक लाइट जडान कार्य सम्पन्न भएको छ। तर त्यहाँको सडकमा भएको खाडलले दुर्घटनाको जोखिम निम्त्याउने अवस्था रहेको छ। उक्त स्थानमा पिच फुटेको कारण साना सवारी साधनहरूले विशेष सावधानी अपनाउनुपर्ने बाध्यता छ।

महानगरपालिकाका योजना तथा सहरी विकास महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले चाडपर्व पश्चात सडक मर्मतको कार्य अगाडि बढाइने योजना रहेको बताए पनि हालसम्म कुनै प्रगति भएको छैन। यसैबीच, ट्राफिक प्रहरी कार्यालय विराटनगरले नयाँ ट्राफिक लाइटले दीर्घकालीन रूपमा सवारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

विशेषगरी रथयात्राको समयमा गिट्टी र माटो हाली पुरिएका खाल्डाहरू पुनः देखिन थालेका छन्। ट्राफिक लाइट जडान गरिएका क्षेत्रहरूमा तत्काल मर्मत कार्य गर्नुपर्ने आवश्यकता देखिएको छ। विराटनगरको बरगाछी,घास चौक,रोडशेष,जलजला र तिनपैनी चौकमा ट्राफिक लाइट जडान गरिएका छन्। विराटनगरले ५ स्थानमा जडान गरिएको ट्राफिक लाइटहरु हालसम्म उद्घाटन भएका छैन। तर ट्राफिक लाइट परिक्षणको चरणमा रहेको विराटनगर महानगरपालिकाले जनाएको छ। साथै ट्राफिक लाइटहरु पूर्ण रुपमा संचालनमा आउनु भन्दा अगाडी सडकको मर्मत गर्नुपर्ने स्थानीयहरुको गुनासो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्